भाइबर र फेसबुकको सम्बन्ध विच्छेद

असार १४, २०७७ | काठमाडौं

म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको हो । रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ’एन्टी डिफेमेसन लिग’सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।

 त्यही आह्वानको समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंँदै आएको विज्ञापन बन्द गरेका छन् । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा उनीहरुले लगाएका छन् । भाइबरले स्टप हेट फर प्रफिट नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया