कोभिड १९ बाट मृत्यु हुनेको संख्या विश्वमा ५ लाख नाघ्यो

असार १५, २०७७

– विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । अमेरिकाको जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १ करोड बढी मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये आधा संक्रमित अमेरिका र युरोपका छन् । अमेरिकामा संक्रमण दर तिव्र गतिमा छ । 

 भाइरसले दक्षिण एसिया र अफ्रिकामा पनि प्रभाव पारेपनि जुलाईको अन्त्यसम्म यसको प्रभाव कम हुने आंकलन गरिएको बीबीसीले उल्लेख गरेको छ । विश्वका कयौं मुलुकहरुमा अझै पनि संक्रमण फैलिने क्रम जारी छ । पछिल्लो ६ दिनमा मात्र १० लाख नयाँ संक्रमित पुष्टि भएको बीबीसीले जनाएकोछ । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा २५ लाख ४४ हजार बढी संक्रमित पाइएका छन् भने १ लाख २५ हजार ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । भारतमा संक्रमितको संख्या ५ लाख २८ हजार पुगेको विश्वविद्यालयको तथ्याङकमा उल्लेख छ ।


प्रतिक्रिया