चीनमा उइगुर समुदायका लागि परिवार नियोजनको बाध्यकारी कार्यक्रम

असार १६, २०७७ | एजेन्सी

चीनले उइगुर मस्लिम समुदायको जनसंख्या कम गर्ने उद्धेश्यले परिवार नियोजनको बाध्यकारी कार्यक्रम ल्याएको छ । 

सिन्जीयाङ प्रान्तका उइगुर समुदायका महिलालाई गर्भनिरोधक साधन प्रयोगका लागी सरकारले बाध्य बनाइरहेको बीबीसीले उल्लेख गरेको छ । एक चिनियाँ अनुसन्धानकर्ताले संयुक्त राष्ट्रसंघसँग सो विषयमा अध्ययनका लागी अपिल गरेका हुन् । 

चीन सरकारले भने निराधार आरोप लगाइएको भन्दै खण्डन गरेको छ । उइगुर समुदायका ब्यक्तिका लागी बनाइएका सुधार गृहका कारण चीन सरकार माथि अन्तर्राष्ट्रिय स्तरमा तिव्र दबाब छ । 

झण्डै १० लाख उइगुर मुस्लिम अल्पसंख्यकलाई चीन सरकारले सुधार गृहमा राखेको छ । सिन्जीयाङ प्रान्तमा हुन सक्ने हिंसा नियन्त्रण गर्ने प्रयास गरेको चीन सरकारले स्पष्टिकरण दिइरहेको छ ।


प्रतिक्रिया