१४ वटा सुरक्षित मुलुकबाट मात्रै युरोप प्रवेशको अनुमति

असार १६, २०७७ | एजेन्सी

अमेरिका, ब्राजिल र चीनबाट युरोप प्रवेशमा अझै प्रतिबन्ध लगाउने युरोपियन युनियनले निर्णय गरेको छ । 

ईयुले १४ वटा मुलुकलाई सुरक्षित मुलुक सूचीमा राख्दै ती मुलुकबाट मात्रै आफ्नो क्षेत्र प्रवेश अनुमती दिने निर्णय गरेको छ । 

क्यानडा, अष्ट्रेलिया, जापान र दक्षिण कोरियालाई सुरक्षित मुलुकको सुचीमा राख्दै प्रवेश अनुमतिको निर्णय गरिएको हो । चीनले युरोपियन युनियनका यात्रुलाई प्रवेश सम्बन्धी सहमती गरे चीनका यात्रु प्रवेश गर्न दिने इयुले प्रस्ताव समेत गरेको छ ।

 इयु सदस्य राष्ट्रबीचको यात्रा प्रतिबन्ध समेत हटाउने निर्णय गरिएको छ । यद्यपि, बेलायतलाई ब्रेग्जिटका कारण छुट्टै ब्यवस्था गरिएको हो । पर्यटन ब्यवसायमा निर्भर रहेका अधिकांश युरोपेली मुलुकलाई कोभिड १९ र ब्यवसाय धरासायी हुँदा आर्थिक संकटले गाँजेको छ ।


प्रतिक्रिया