संक्रमितको संख्याका आधारमा भारत विश्वकै तेस्रो मुलुक

असार २२, २०७७ | एजेन्सी

भारत विश्वमा कोरोना भाइरसको संक्रमण हुने मुलुकको सुचीमा तेश्रो स्थानमा पुगेको छ । भारतमा कुल ६ लाख ९७ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।

विश्वमा अमेरिकामा सबैभन्दा बढि २८ लाख ८८ हजार ६ सय ३५ जनामा र ब्राजिलमा १६ लाख ३ हजार ५५ जनामा संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । भारतको महाराष्ट्र राज्यमा २ लाख ६ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । 

तामिलनाडुमा १ लाख ११ हजार १ सय ५१ जनामा दिल्लीमा ९९ हजार ४ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । विश्वभर १ करोड १४ लाख ४९ हजार ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

कुल मृत्यु हुनेको संख्या ५ लाख ३४ हजार २ सय ६७ पुगेको छ ।  


प्रतिक्रिया