२०२० मा ब्यापारिक संगठनहरुले १० खर्ब डलरको ऋण बेहोर्नुपर्ने

रेडियो कान्तिपुर संवाददाता

असार २९, २०७७ | एजेन्सी

विश्वभरका ब्यापारिक संगठनहरुले सन् २०२० को अन्त्य सम्ममा १० खर्ब डलरको ऋण बेहोर्नुपर्ने एक अध्ययनले देखाएको छ । 

कोरोना भाइरस महामारीका कारण परेको असर कम गर्न लगानी बढाउँदा सो परिमाणमा ऋण लाग्ने छ ।

विश्वका ९ सय वटा विशिष्ट ब्यापारीक फर्ममा गरिएको अध्ययन अनुसार विश्वको कर्पाेरेट ऋण १२ प्रतिशतले बढ्ने छ । जुन कुल ९३ खर्ब डलर पुग्नेछ । 

विश्वका कयौं ठुलो ब्यापारीक फर्मले मध्यम आय भएको मुलुकको अर्थतन्त्र सरहको ऋण बोक्नुपर्नेछ । गत वर्ष समेत ऋण प्रतिशत ८ ले बढेको थियो ।  


प्रतिक्रिया