कोरोना महामारी थप भयावह बन्न सक्छ : विश्व स्वास्थ्य संगठन

रेडियो कान्तिपुर संवाददाता

असार ३०, २०७७ | एजेन्सी

कोरोना भाइरस महामारीका बिषयमा सबै मुलुकका सरकारले निर्णायक कदम चाल्न नसके अझै खराब अवस्थामा पुग्नसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेससले अधिकांश मुलुकहरु गलत दिशामा अघि बढिरहेको बताउनुभएको छ । डब्लुएचओले दिएका सुझावहरुको बेवास्ता गरेका कारण संक्रमणको संख्यामा वृद्धि भैरहेको महानिर्देशक गेब्रेससले बताउनुभयो । 

अमेरिकी मुलुकहरु हाल महामारीको केन्द्रविन्दु बनेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जारी तनावका कारण अमेरिकामा संक्रमणको दर नियन्त्रणमा आउन नसकेको बीबीसीले उल्लेख गरेको छ । राजनीतिक नेतृत्वले जनतालाई दिने विभिन्न प्रकारका सुझावले भाइरस नियन्त्रणमा अलमल श्रृजना गरेको डब्लुएचओले उल्लेख गरेको छ । 

डब्लुएचओका प्रमुख टेड्रोसले सामाजिक दुरी, हात धुने, मास्क लगाउने जस्ता सामान्य सुझाव समेत नमानेको भन्दै कडा आलोचना गर्नुभयो । यदि स्वास्थ्य विज्ञका सुझाव नमान्ने हो भने निकट भविष्यमा सामान्य अवस्थामा विश्व फर्कन सम्भव नरहेको डब्लुएचओका महानिर्देशकको भनाई छ । 


प्रतिक्रिया