अमेरिकाको फ्लेरिडामा निर्धारित रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित

श्रावण ९, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमण तीब्र बनेपछि अमेरिकाको फ्लेरिडामा आगामी महिनाका लागि निर्धारित रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरिएको छ । फ्लोरिडामा संक्रमण बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी सभा स्थगित गर्ने घोषणा गर्नुभएको अलजजिराले उल्लेख गरेको छ । हवाइट हाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति ट्रम्पले आगामी महिना ज्याक्सनभिल्लेमा आयोजना गर्न लागेको सभा स्थगित गरेको बताउन्ुभयो । कोरोना महामारी तीव्र गतिमा फैलिएको अवस्थामा भेला तथा सभा गर्न नहुने उहाँको भनाई थियो । 

 यद्यपी राष्ट्रपति ट्रम्पले केही समयपछि नै क्लानिफोर्नियामा भेला गर्नसक्ने बताउनुभयो । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पुन: सहभागी हुँदैछन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ४१ लाख ७० हजार ३ सय ३३ जनामा संक्रमण पुष्टी भइसकेको छ । भने संक्रमणकै कारण १ लाख ४७ हजार ३ सय ४२ जनाको ज्यान गइसकेको छ । 


प्रतिक्रिया