१६ औं संस्करणको भीमनारायण गोल्ड कपको उपाधि बिर्तामोड युनाइटेडलाई

वैशाख २९, २०८१ | काठमाडौं
धनकुटामा सञ्चालन भएको १६ औं संस्करणको शहीद भीमनारायण गोल्ड कपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको छ ।
धनकुटा ५ स्थित तल्लो टुडिखेलमा शनिबार सम्पन्न फाइनलमा झापाले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–० गोल अन्तरमा स्तब्ध पार्दै उपाधि उचालेको हो । उपाधिसँगै झापाले नगद पाँच लाख सहित ट्रफि प्राप्त प्राप्त गरेको छ ।
उपविजेता एपीएफलले दुई लाख पचास हजार रुपैयाँ नगद र ट्रफिमा चित्त बुझायो । यो सहित झापाले शहीद भीमनारायण गोल्ड कपको उपाधि तेस्रो पटक उचालेको हो । झापा यसअघि ११ र १३ औं संस्करणमा विजयी भएको थियो ।
झापाको जितमा आशिष चापागाई, अभिषेक गुरुङ र देवेन्द्र तामाङले गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफमा झापाले तीन गोल गर्दै उपाधि जितेको हो ।