भारतका पूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था गम्भीर

श्रावण २७, २०७७ | काठमाडौं

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको छ । हिजो नयाँ दिल्लीको सैनिक अस्पतालमा मुखर्जीको शल्यक्रिया मार्फत् मष्तिष्कमा जमेको रगत हटाइएको थियो । 

शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीरका भएका कारण भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । त्यही क्रममा उहाँको परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो । अस्पतालद्वारा जारी बुलेटिनमा मुखर्जीको अवस्था गम्भीर रहेका कारण भेन्टिलेटरमा राखिएको अस्पतालबाट जारी बुलेटिनलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमण बारे मुखर्जी आफैले ट्विट मार्फत जानकारी गराउनु भएको थियो । 


प्रतिक्रिया