रफाहको सैन्य अभियान रोक्न दक्षिण अफ्रिकाले झूठो दाबी पेश गरेको इजरायलको आरोप

जेष्ठ ४, २०८१ | काठमाडौं

दक्षिण अफ्रिकाले गाजाको दक्षिणी शहर रफाहमाथिको सैन्य अभियान रोक्न भन्दै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा झूठो दाबी पेश गरेर घटनालाई अतिरञ्जीत गरेको इजरायले आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले झूठो दाबी पेश गरेको भन्दै इजरायलले खण्डन गरेको हो ।

अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले इजरायलको आक्रमण रोक्न माग गर्दै दायर गरेको मुद्दाको सुनुवाईका क्रममा इजरायली पक्षका वकिलले सो धारणा राखेका हुन् ।

अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले गरेको अपिल रोक्न समेत इजरायलको विदेश मन्त्रालयले आग्रह गरेको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकाले गाजामा प्यालेष्टिनीहरुको नरसंहार रोक्न माग गर्दै गत जनवरीमा इजरायलविरुद्ध मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको सुनुवाइका क्रममा दक्षिण अफ्रिकाले रफाहमा इजरायले सुरु गरेको आक्रमण रोक्न आदेश दिन समेत माग गरेको हो ।

साथै, दक्षिण अफ्रिकाले मानवीय सहायता एजेन्सी र पत्रकारहरूलाई गाजामा निर्वाध पहुँचका लागि इजरायललाई आदेश दिन पनि भनेको छ । 


प्रतिक्रिया