अफगानिस्तानमा वर्षापछि आएको बाढीमा परि ५० जनाको मृत्यु

जेष्ठ ६, २०८१ | काठमाडौं

अफगानिस्तानमा भीषण वर्षासंगै आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ । 

अफगानिस्तानको मध्य भागस्थित घोर प्रान्तमा बाढी आउंदा हजारौं पशु चौपाया समेत मर्नुका साथै २ हजार बढी घरमा क्षती पुर्याएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा गत साता मात्रै आएको बाढीका कारण ३ सय जनाको मृत्यु भएको थियो । बाढीले अधिकांश घरहरु बगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

अफगानिस्तानमा लामो समयसम्म परेको खडेरी पश्चात भारी वर्षा भएको हो । 

अफगानिस्तानको मौसम विभागले अन्य प्रान्तमा समेत वर्षा तथा बाढीको संभावना रहेको जनाएको छ । 

बाढीका कारण सडक संरचनामा समेत क्षती पुर्याउदा बाढी प्रभावितलाई राहतमा कठिनाई पर्दै आएको संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमले जनाएको छ ।


प्रतिक्रिया