भूटानमा पहिलो पटक लकडाउन

श्रावण २७, २०७७ | काठमाडौं

दक्षिण एसियाली मुलुक भूटानले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै पहिलो पटक लकडाउन गरेको छ । पछिल्लो समय विश्वभर बढेदै गएको संक्रमण दरका कारण पनि भूटानले अहिलेको अवस्थालाई नियन्त्रणमा राख्न भन्दै लकडाउन गरेको बताएको छ । इराकबाट फर्किएकी एक महिलामा संक्रमण पुष्टी भएपछि भूटान सरकारले तत्काल लकडाउनको घोषणा गरेको हो ।

 २७ वर्षीय ती महिलालाई अहिले आइसोलेशनमा राखिएको छ । करीब साढे ७ लाख जनसंख्या रहेको भूटानमा आन्तरिक सवारी सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । भूटानमा हालसम्म १ सय १३ जनामा मात्रै संक्रमण पुष्टी भएको छ । संक्रमणका कारण भुटानमा कसैको मृत्यु भएको छैन ।   


प्रतिक्रिया