कोरोना मृत्युदर बढी भएका राष्ट्रहरुमा भारत चौथो स्थानमा

तस्बिर : रोयटर्स 

श्रावण २९, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमणका कारण मृत्युदर बढी भएका राष्ट्रहरुमा भारत चौथो स्थानमा पुगेको छ । संक्रमणका हिसावले तेस्रो स्थानमा रहेको भारतमा मृत्यु हुने संक्रमितको संख्या ४७ हजार नाघेपछि चौथो स्थानमा पुगेको बीबीसीले उल्लेख गरेको छ । संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने देशहरुमा अमेरिका पहिलो, ब्राजिल दोस्रो , मेक्सिको तेस्रो र बेलायत भने पाँचौ स्थानमा रहेको छ ।

अमेरिकामा हालसम्म १ लाख ६६ हजार ३८ जनाको मृत्यु भएको छ । त्यहाँ ५१ लाख ९७ हजार ७ सय ४९ जना संक्रमित छन् । ब्राजिलमा १ लाख ४ हजार २ सय १ जनाको मृत्यु भएको छ । त्यहाँ ३१ लाख ६४ हजार ७ सय ८५ जना संक्रमित छन् । यस्तै मेक्सिकोमा मृत्यु हुने ५४ हजार ६ सय ६६ जना छन् भने संक्रमित संख्या ४ लाख ९८ हजार ३ सय ८० संक्रमित छन् । भारतमा संक्रमितको संख्या २३ लाख ९६ हजार ६ सय ३७ पुगेको छ । बेलायतमा संक्रमणका कारण ४६ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या त्यहाँ ४७ हजार ३३ पुगेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्य गोपाल दासमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया