स्वास्थ्यलाई कारण देखाउँदै आबेद्वारा पदबाट राजीनामा

भाद्र १२, २०७७ | एजेन्सी

जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यमा समस्या देखिएका कारण राजीनामा दिएको आबेको भनाई छ । 

लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित ६५ वर्षिय आबे १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित हुनुहुन्छ । २०१२ देखि पद सम्हाल्नुभएका आवे जापानको सबैभन्दा लामो समय सत्तामा रहने प्रधानमन्त्री हुनुहुन्छ । उहाँको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा मात्र सकिँदै थियो । 

आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको आबेले स्पष्ट पार्नुभएको छ । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।  


प्रतिक्रिया