प्यालेस्टाईनमा १५ बर्षपछि निर्वाचन हुँदै

आश्विन ९, २०७७ | काठमाडौं

प्यालेस्टाईनमा १५ बर्षपछि पहिलोपटक निर्वाचन हुने भएको छ । प्यालेस्टाईनका २ प्रमुख शक्ति हमास र फतेहबीच निर्वाचन गर्ने सहमति जुटेको हो । 

फतेहका नेता मोहम्मद अब्बास र हमासका राजनीतिक प्रमुख इस्माईल हानियाबीच टर्कीमा भएको सहमतिमा ६ महिनाभित्र निर्वाचन गरिसक्ने उल्लेख छ । प्रतिनिधिसभा, राष्ट्रपति चयन र केन्द्रीय परिषद्का लागि निर्वाचन हुनेछ । विभाजनले राष्ट्रमाथि नै क्षती पुगेकाले यसको अन्त्यका लागि सहमतिमा पुगेको हमासका उच्च अधिकारीले बताएका छन् ।

प्यालेस्टाईनमा अन्तिम पटक सन् २००६ मा आम निर्वाचन भएको थियो । जसमा हमासले ठूलो जित हात पारेको थियो । निर्वाचनपछि हमास र फतेह मिलेर गठबन्धन सरकार गठन गरेपनि त्यो केही समयपछि नै ढलेको थियो । त्यसयता हमासले नै प्यालेस्टाईनको सत्ता सम्हाल्दै आएको छ । फतेहले भने आफैले घोषणा गरेको अन्तरिम सरकार प्यालस्टीनी अथोरिटीको नेतृत्व गर्दै आएको छ । त्यसयता सहमतिका थुप्रै प्रयास भएपनि असफल हुँदै आएको थियो । 


प्रतिक्रिया