अमेरिकामा ७० बर्षपछि पहिलोपटक महिलालाई मृत्युदण्ड

कार्तिक २, २०७७ | काठमाडौं

अमेरिकामा करिब ७० बर्षको अवधिमा पहिलोपटक एक महिला कैदीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

सन् २००४ मा मिसौरीमा एक गर्भवतीको गला दबाएर हत्या गर्नुका साथै पेटबाट बच्चा निकालेर टुक्राटुक्रा पारेको अभियोगमा लिसा मोन्ट्गोमेरीलाई अदालतले दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । सो अपराध जघन्य भएको ठहर अदालतको छ । 

उनलाई डिसेम्बर ८ मा बिषादीसहितको खोप दिई मृत्युदण्ड दिइने अदालतले जनाएको छ । यसअघि सन् १९५३ मा मिसौरीमै एक महिलालाई ग्यास चेम्बरमा हालेर मृत्युदण्ड दिइएको थियो ।


प्रतिक्रिया