विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

कार्तिक ३, २०७७ | काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड नाघेको छ । गृष्मकालीन समयको आगमनका कारण संक्रमणको तीव्रतामा कुनै कमी नआएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

एक करोड संक्रमित पछिल्ला ३२ दिनमा मात्रै थपिएका हुन् । जबकी २ करोडबाट संक्रमितको संख्या ३ करोडमा पुग्न ३८ दिन र १ बाट २ करोडमा पुग्न ४४ दिन लागेको थियो । यो तथ्याङ्कले संक्रमण दर तीव्र भएको देखाएको छ ।

गत हप्ता एकैदिन विश्वभर ४ लाख भन्दा बढी संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च हो । संयुक्त राज्य अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी संक्रमित हुने मुलुकको शीर्ष सूचीमा छन् । अमेरिकामा प्रत्येक १० हजारमा २ सय ४७ जना संक्रमित छन् । यो संख्या इण्डियामा ५५ र ब्राजिलमा २ सय ४८ जना रहेको मानिन्छ । 

पछिल्लो समय यूरोपमा पनि संक्रमितको संख्या बढेसँगै चिन्ता थपिएको छ । इटाली, नेदरल्याण्ड्स, जर्मनी, अष्ट्रिया, पोल्याण्ड, युक्रेन, साइप्रस र चेक गणतन्त्रमा पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्न थालेको रोयटर्सले उल्लेख गरेको छ ।   


प्रतिक्रिया