डब्लुएचओलाई पारदर्शी हुन इयुको आग्रह

कार्तिक ६, २०७७

युरोपेली संघले कोभिड १९ संक्रमणका विषयमा डब्लुएचओले सार्वजनिक गर्ने प्रतिवेदनमाथि पारदर्शी हुन आग्रह गरेको छ । युएन एजेन्सीले सुधारको मस्यौदा प्रस्तावमा यस्तो आग्रह गरेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

जर्मन सरकारले अन्य सदस्य राष्ट्रहरुसंग डब्लुएचओको कोष, कानुनी शक्ति र प्रशासनका विषयलाई लिएर महिनौ गरेको छलफलपछि संघले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसअघि नै चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि नै डब्ल्लुएचओमाथि चीनको नजिक भएर काम गरेको आरोप लगाएको थियो । इयुले गरेको प्रस्तावमाथि डब्लुएचओले कुनै प्रतिक्रिया जनाएको छैन । 


प्रतिक्रिया