लिबियामा युद्धरत दुई पक्षबीच स्थायी युद्ध विरामको सम्झौतामा हस्ताक्षर

कार्तिक ७, २०७७

लिबियामा युद्धरत दुई पक्षबीच स्थायी युद्ध विरामको सम्झौतामा हस्ताक्षर भएको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघका दुतको मध्यस्थतामा भएको युद्ध विराम गर्ने सम्झौता भएको अलजजीराले जनाएको छ । 

संयुक्त राष्ट्र संघले यो कदमलाई ऐतिहासिक उपलब्धी , लिबियामा शान्ति र स्थायित्व तर्फ महत्वपूर्ण मोडको संज्ञा दिएको छ । सन् २०११ मा नेटो समर्थित विद्रोही नेता मुअम्मर गद्दाफीको हत्या पश्चात लिबियामा हिंसा चर्किएको छ । 

उत्तरी अफ्रिकी मूलुकमा सशस्त्र विद्रोही समूहले प्रभुत्व जमाएका छन् ।  


प्रतिक्रिया