लेबननको कारागारबाट ६० बढी कैदी फरार

मंसिर ६, २०७७

लेबननको एउटा कारागारबाट ६० भन्दा बढी कैदी फरार भएका छन् । बाब्दा जिल्लास्थित कारागारबाट भाग्ने क्रममा कैदी सवार कार रुखमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ सुरक्षा स्रोतलाई उद्यृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । सेल ढोका तोडेर उनीहरु फरार भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 सुरक्षा बलले आसपासको इलाकामा घेरा हालेर भागेका कैदीको खोजी कार्य तीब्र बनाएको जनाएको छ । सो कारागारबाट ६९ जना कैदी भागेकोमा ८ जनालाई फेरि नियन्त्रणमा लिएको सुरक्षा बलले जनाएको छ । कैदी फरार भएको विषयमा अनुसन्धान शूरु भइसकेको अधिकारीहरुले जनाएका छन् । 


प्रतिक्रिया