पाकिस्तानमा सरकारविरोधी आन्दोलन थप सशक्त

मंसिर ७, २०७७ | काठमाडौं

पाकिस्तानमा प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले जारी राखेको आन्दोलन थप सशक्त पारेका छन् । कोरोना भाइरसका कारण सरकारले आमसभा लगायतका भीडभाड नगर्न लागू गरेको नियमको अवज्ञा गर्दै विपक्षी गठबन्धनले आज पनि पेसावरमा विशाल र्‍याली, आमसभा र प्रदर्शनको आयोजना गरेका थिए ।

 प्रधानमन्त्री इमरानको राजीनामा माग्दै विपक्षी दलहरुले गत सेप्टेम्बर यता आन्दोलन गर्दै आएका छन् । विपक्षी दलहरुले खानले सेनासँग मिलेर चुनावमा धाँधली गरी सत्तामा आएको, उनी असक्षम भएको र उनमा तानाशाह प्रवृत्ति बढेको आरोप लगाएका छन् । 

 यद्यपी सेनाले भने सो आरोपको खण्डन गर्दै राजनीतिक कुनैपनि गतिविधीमा आफूले हस्तक्षेप नगरेको स्पष्ट पारेको छ । सरकार विरोधी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट पीडीएममा ११ विपक्षी गठन्धन रहेका छन् । यद्यपी प्रधानमन्त्री इमरानले विपक्षीहरुले आफू र आफ्ना नेतामाथि लगाइएका भ्रष्ट्राचारका मुद्दामा कुनै कारबाही नहोस् भनी ब्याकमेल गर्नका लागि आन्दोलन चर्काएको प्रतिक्रिया दिनुभएको छ ।  


प्रतिक्रिया