खोपको भागचदौडमा गरिब मुलुक मिचिनुहुँदैन : विश्व स्वास्थ्य संगठन

मंसिर ९, २०७७ | काठमाडौं

कोरोना संक्रमणविरुद्धको खोपका लागि भइरहेको भागदौडमा विश्वका गरिब र संवेदनशील देश मिचिन नहुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले खोपको समान वितरण हुनुपर्ने भन्दै सहयोग कोष साझेदार योजनामा थप ४३ अर्ब डलर आवश्यक रहेको बताउनुभयो । हाल ४ वटा खोप अन्तिम परीक्षणको पर्खाईमा छन् । 

खोप परीक्षणको सकारात्मक नतिजाले लामो अध्यारो सुरुङमा आशाको किरण देखिएको टेड्रोसको भनाई छ । यद्यपी धनी मुलुकले सहजै खोप खरिद गर्न सक्ने र गरिब मुलुकहरु खाली हात रहनुपर्ने खतरा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुएको छ । त्यो खतरा टार्न साझेदारी योजना कोभाक्समा थप मुलुक संलग्न हुनुपर्ने उहाँले बताउनुभयो । 

यो योजनाअन्तर्गत डब्लुएचओले सन् २०२१ को अन्त्यसम्मा २ अर्ब खोप विश्वभर पुर्‍याउने लक्ष्य लिएको छ । न्यून आय भएका ९० मुलुकमा खोप पुर्‍याउन थप सहयोग जम्मा गर्ने डब्लुएचओको संघर्ष जारी छ । 


प्रतिक्रिया