अफ्गानिस्तानमा बम बिस्फोट हुँदा १४ जनाको मृत्यु

मंसिर १०, २०७७ | काठमाडौं

अफ्गानिस्तानको बामियान प्रान्तमा दुई वटा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ४५ बढी घाइते भएका छन् ।

बामियान शहरको मुख्य बजारको सडक छेउमा राखिएका बम बिस्फोट हुँदा १२ सर्वसाधारण र २ प्रहरीको मृत्यु भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन । सन् २००१ मा सत्ताबाट अपदस्थ भएपछि सरकारविरुद्ध सशस्त्र गतिविधि थालेको तालेवानले बिस्फोटमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

 तुलनात्मक रुपमा सुरक्षित मानिने बामियानको स्थानीय जातीय समुहले सदैव तालेवानको प्रतिकार गर्दै आएको छ । त्यहाँ शान्ति स्थापनाको प्रयासस्वरुप तालेवान र सरकारबीच वार्ता जारी रहदा बिस्फोट तथा हिंसाका घटना समेत भइरहेका छन् । यो बर्ष सन् २०२० को ९ महिनाको अवधिमा भएका विभिन्न हिंसा र आक्रमणमा परि करिब ६ हजार जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया