बाइडेन प्रशासनमा रहने महत्वपूर्ण ६ व्यक्तिको नाम सार्वजनिक

मंसिर १०, २०७७ | काठमाडौं

अमेरिकाको आगामी राष्ट्रपतिमा निर्वाचित जो बाईडेनले आफ्नो प्रशासनमा रहने ६ वटा महत्वपूर्ण पदका लागि चयन गरिएका व्यक्तिको नाम सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणका लागि तयार भएको बताएलगत्तै बाईडेनले महत्वपूर्ण पदका लागि व्यक्ति छनौट गर्नुभएको हो । आगामी जनवरी २० मा पदभार सम्हाल्ने तयारी तीब्र पारेका बाईडनेले विदेश मन्त्रालयको जिम्मा एन्टोनी ब्लिङ्केनलाई दिने बताउनुभएको छ । यस्तै, जलवायू परिर्वतन सम्बन्धी विभाग प्रमुखमा जोन केरी र राष्ट्रिय अनुसन्धान प्रमुखमा एभ्रिल हैनेसलाई चयन गर्नुभएको छ ।

यस्तै, आन्तरिक सुरक्षा प्रमुखमा अलेजेन्द्रो मायोर्कासलाई नियुक्त गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूतमा लिन्डा थोमस ग्रिनफिल्डलाई नियुक्त गर्ने बताइएको छ । यस्तै, अर्थ मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने यकिन नभएपनि जानेट यालेनलाई दिन सक्ने अनुमान गरिएको छ । नयाँ टोलीले नयाँ मानसिकताका साथ हाल देखिएका चुनौतीको सामना गर्न सक्ने बाईडेनले बताउनुभएको छ ।  


प्रतिक्रिया