अमेरिकी नौसेनाको जहाजलाई नष्ट गरिदिने रुसको चेतावनी

मंसिर १०, २०७७

रुसले आफ्नो समुन्द्री सीमामा पुन: प्रवेश गरे अमेरिकी नौसेनाको जहाजलाई नष्ट गरिदिने चेतावनी दिएको छ । 

जापान सागरको रुसी समुन्द्री सीमा क्षेत्रमा अमेरिकी नौसेनाको यूएसएस जोन एस मेकन नामक विध्वंशक जहाज प्रवेश गरेको भन्दै रुसले सो धम्की दिएको बीबीसीले उल्लेख गरेको छ । रुसको करिब २ किलोमिटर क्षेत्र भित्र प्रवेश गरेको सो जहाज लगत्तै फर्किएको थियो ।

अमेरिकी सो जहाज रुसको समुन्द्री सीमा पीटर द ग्रेट गल्फ क्षेत्रको दुई किलोमिटर भित्र गैरकानूनी रुपमा प्रवेश गरेको रुसले जनाएको छ । आफ्नो पटक पटकको चेतावनीका बाबजुद अमेरिकी जहाजप्रतिबन्धित सीमामा प्रवेश गरेको रुसको दाबी छ ।

अमेरिकी नौसेनाले भने रुसको सो आरोपको खण्डन गरेको छ । 


प्रतिक्रिया