अमेरिकाद्वारा चीनबाट कपास आयातमा प्रतिबन्ध

मंसिर १८, २०७७ | काठमाडौं

अमेरिकी ट्रम्प प्रशासनले चीनको पश्चिमी सिन्जियाङ क्षेत्रस्थित अर्धसैनिक संगठनले उत्पादन गरेको कपासको आयातमा प्रतिबन्ध लगाएको छ । यूएस कस्टम्स् एडं बोर्डर प्रोटेक्शन सीबीपीले चीनबाट सबैभन्दा बढी आयात हुने उत्पादन मध्येको कपासमाथि प्रतिबन्ध लगाएको हो ।

कपास उत्पादनका लागि हिरासतमा राखेका बहुसंख्यक उइगूर मुश्लिम समुदायमाथि श्रम शोषण गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले सो प्रतिबन्ध लगाएको अलजजिराले उल्लेख गरेको छ । 

अमेरिकी यस कदमले सिन्जियाङ क्षेत्रमा आर्थिक दबाब बढाएको छ भने बहुसंख्यक अमेरिकी ठूला कपडा उद्योगहरु प्रभावित हुने जनाइएको छ । यसबाट दुई मुलुकबीच जारी व्यापारिक युद्धलाई यस कदमले थप मलजल गर्ने विश्लेषण अर्थविद्हरुले गरेका छन् । 


प्रतिक्रिया