कतारमा कोरोना भाइरस विरुद्ध निशुल्क खोप अभियान सुरु

पुस ८, २०७७ | काठमाडौं

कतारले कोरोना भाइरस विरुद्ध निशुल्क खोप अभियान सुरु गरेको छ । कतारका मुख्य सात वटा स्वास्थ्य केन्द्रबाट फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन सुरु गरिएको अलजजिराले उल्लेख गरेको छ । ७९ वर्षीय एक वृद्धलाई खोप लगाइदिएर अभियानको औपचारिक सुरुवात गरिएको कतार सरकारले उल्लेख गरेको छ ।

 कतारले फाइजर र बायोएनटेक सहित मोर्डना र अक्फोर्डसँग पनि खोप खरीद गर्न सहमति जनाइसकेको छ । कतारको स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिकका लागि दुई मात्रा लगाउन पुग्ने गरी खोपको व्यवस्थापन भइसकेको दाबी गरेको छ । 

हालसम्म कतारमा एक लाख ४२ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४३ जनाको संक्रमणका कारण ज्यान गइसकेको छ । 


प्रतिक्रिया