खोपको असमान वितरणले ठूलो संकट निम्तिन्छ : डब्लुएचओ

माघ ६, २०७७ | काठमाडौं

कोभिड–१९ विरुद्धको खोपको असमान वितरण प्रणालीले विश्वमा विनाशकारी नैतिक असफलता निम्ताएको भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ ।

डब्लुएचओको प्रमुख टेड्रोस अधानम गेब्रेससले यो असफलताको मुल्य गरिब मुलुकका मानिस र उनीहरुको जीविकाले चुकाउनुपर्ने चेतावनी दिनुभयो । 

धनी मुलुकका स्वस्थ्य र कम उमेरका व्यक्तिले खोप पाउनु तर गरिब मुलुुकका गम्भीर स्वास्थ्यअवस्था भएका र संवेदनशील वर्गले खोप नपाउनु अन्यायपूर्ण भएको बताउनुभयो । कोभिड १९ विरुद्धको ३ करोड ९० लाख खोप ४९ मुलुकलाई दिइएको छ । सोही समयमा एउटा गरिब मुलुकले २५ वटा मात्रै खोप पाएको छ ।

यद्यपि, कोभिड नियन्त्रण प्रयासमा डब्लुएचओ र चीन चुकेको आलोचना गर्दै आएका छन् । डब्लुएचओले गठन गरेको स्वतन्त्र अध्ययन टोलीले संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संघले विश्व महामारी घोषणा गर्न ढिलाई गरेको निष्कर्ष निकालेको छ । साथै चीनले पनि समयमै सार्वजनिक स्वास्थ्य सुरक्षाका उपाय नअपनाएको टोलीले आरोप लगाएको छ । 

हाल सम्म चीन, भारत, रुस, बेलायत, र अमेरिकाले कोभिड १९ विरुद्धको खोप बनाएका छन् । ती सबै मुलुकले आफ्नै जनतालाई प्राथमिकतामा राखेर खोप वितरण गरेका हुन् । जसका कारण विश्वका गरिब मुलुकका जनता अन्यायमा परेको डब्लुएचओ प्रमुख गेब्रेससले उल्लेख गर्नुभएको छ । 


प्रतिक्रिया