बहुराष्ट्रिय कम्पनी सिमेन्स इनर्जीका ७ हजार बढी कर्मचारी कटौती

माघ २०, २०७७ | काठमाडौं

जर्मनीको बहुराष्ट्रिय कम्पनी सिमेन्स इनर्जीले विश्वका विभिन्न राष्ट्रमा कार्यरत आफ्ना कर्मचारीमध्ये ७ हजार ८ सयलाई कटौती गर्ने निर्णय गरेको छ । कुल ९१ हजार भन्दा बढी कर्मचारी मध्येबाट ८ दशमलव ५ प्रतिशत कर्मचारी कटौती गर्न लागेको कम्पनीले उल्लेख गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 सन् २०२५ को आर्थिक वर्षसम्म उर्जा र ग्यास क्षेत्र अन्तर्गतका व्यवस्थापन, प्रशासन र वित्त व्यवस्थापन तर्फका कर्मचारी कटौती गर्न लागेको हो । जसमध्ये जर्मनीका ३ हजार, अमेरिकाका १ हजार ७ सय र अन्य विभिन्न मुलुकबाट ३ हजार १ सय कर्मचारी कटौती गर्न लागिएको कम्पनीले उल्लेख गरेको छ । उर्जा क्षेत्रमा भइरहेका ठूल्ठूला परिर्तनले प्रशस्त अवसरहरु देखाएपनि त्यसलाई भेट्न ठूलो चुनौती देखिएकोले बाध्य भएर रोजगारी कटौती गर्नु परेको कम्पनीका कार्यकारी प्रमुख क्रिष्चियन ब्रुचले बताउनुभएको छ । 

कम्पनीको वित्तिय संरचनालाई चुस्त राख्दै उर्जा क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न पछिल्लो निर्णय फलदायी हुने अपेक्षा राखेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया