दक्षिण कोरियाको बेरोजगारी दर दुई दशक यताकै उच्च

माघ २८, २०७७ | काठमाडौं

दक्षिण कोरियाको बेरोजगारी दर दुई दशक यताकै उच्च स्थानमा पुगेको छ । बेरोजगारी दर जनवरीको अन्त्यसम्म ५ दशमलव ४ प्रतिशत पुगेको छ जुन अघिल्लो महिना ४ दशमलव ५ प्रतिशत रहेको थियो । कोरोना कहरपछि एसियाली मुलुकहरुमा समेत देखा परेको वित्तीय संकटपछि बेरोजगारीदर उच्च विन्दुमा पुगेको हो । 

 जुन सन् १९९८ पछिकै सबैभन्दा खराब स्थिति भएको अर्थ विश्लषकहरुले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण सरकारले विभिन्न मापदण्ड लागू गरेपछि कोरियाली श्रम बजार खराब अवस्थामा पुगेको हो । जनवरीमा विशेषत: खुद्रा बिक्रेता, थोक बिक्रेता, रेष्टुरेन्ट, होटेल लगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । 

अघिल्लो एक वर्षको तुलनामा सो क्षेत्रमा ५ लाख ८५ हजारले रोजगारी गुमाएका थिए । निर्माण क्षेत्रमा ४६ हजार बढीले रोजगारी गुमाएका थिए । गत वर्ष विकसित राष्ट्रमध्ये एक उत्कृष्ट राष्ट्रको रुपमा विश्व बजारमा स्थापित कोरियाली छविमा समेत पछिल्लो अप्रत्यासित र तीव्र गिरावटले धक्का पुगेको विश्लेषण गरिएको छ । विश्लेषकहरुले सरकारले रोजगारीका लागि थप कदम चाल्नुपर्ने आवश्यक औँल्याएको अलजजिराले उल्लेख गरेको छ ।  


प्रतिक्रिया