टि–ट्वान्टी विश्वकप अघि नेपालले अभ्यास गर्ने स्थानको टुङ्गो

रेडियो कान्तिपुर संवाददाता

वैशाख २८, २०८१ | काठमाडौं

अमेरिका र वेस्ट इन्डिजमा आगामी महिना हुने टि–ट्वान्टी विश्वकपको तयारीका लागि नेपाली टोलीले अभ्यास गर्ने स्थान र मैदानको टुङ्गो लागेको छ ।

केहिदिन अघि अमेरिका पुगेको नेपाली टोली अहिले अभ्यासमा व्यस्त भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले विश्वकपका लागि हुने वार्म अप म्याच अघि ३ वटा अभ्यास खेल खेल्ने तालिका छ । जस अनुसार नेपाली टोललिे मे १४, १६ र १९ मा सेन्ट भिन्सेन्ट र विन्डवार्डको संयुक्त टोलीसँग अभ्यास खेल खेल्ने छ ।


अहिले अमेरिकामा रहेको नेपाली टोली पर्सी मे १२ मा टापु राष्ट्र सेन्ट भिसेन्ट जाने छ । त्यहाँ ३ खेल खेलेलगत्तै मे १९ मा अमेरिकाको हस्टन फिर्ता हुने तालिका छ । त्यहाँ पनि नेपाली टोलीले मे २१, २२ र २५ तारिखमा अभ्यास गर्नेछ ।

टि–ट्वान्टी विश्वपका लागि घोषणा गरिएको टिममा नेपाल समूह डी मा छ । विश्वपको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्ने तालिका छ । सो समूहमा दक्षीण अफ्रिका, बंगालादेश र श्रीलङ्का छन् । प्रत्येक समूहबाट शीर्ष दूई टोली शीर्ष आठमा छनोट हुनेछन् । 


प्रतिक्रिया