बोइङ 777 द्वारा एक सय २८ वटा विमानको उडान तत्कालका लागि स्थगित

फाल्गुन १०, २०७७

अमेरिकी विमान निर्माता बोइङ 777 ले अमेरिका, जापान र कोरियामा प्रयोगमा रहेका एक सय २८ वटा विमानको उडान तत्कालका लागि स्थगित गरेको छ । उडान भरिरहेका बेला एउटा जहाजको इन्जिन फेल भएर आगो सल्किएपछि अमेरिकाको डेनवर हवाई अड्डामा हिजो आकस्मिक अवतरण गराइएको थियो । सो घटनापछि अमेरिकाको युनाइटेड एयरलाइन्स र जापानका दुई मुख्य एयरलाइन्सले ५६ वटा विमान उपयोग बन्द गरेका छन् । 

कोरियन एयरले पनि ६ वटा विमान खरिद प्रक्रिया तत्कालका लागि रद्द गरेको जनाएको छ । बोईङले विज्ञप्ति जारी गर्दै भनेको छ – घटनाको अनुसन्धान जारी छ । हामीले प्राट र विट्नी द्धण्ण्ण्(ज्ञज्ञद्द इन्जिन प्रयोग भएका ६९ वटा र स्टोरमा रहेका ५९ वटा विमानको उडान तत्कालका लागि स्थगित गरेका छौं ।   


प्रतिक्रिया