कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको खोप आपूर्ति सुरु

फाल्गुन १२, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको खोप आपूर्ति सुरु गरेको छ । त्यसको पहिलो चरणमा आज अफ्रिकी मुलुक घानामा ६ लाख डोज खोप उपलब्ध गराइएको डब्लूएचओले जनाएको छ । योसँगै घाना कोडिड–१९ विरुद्धको खोप प्राप्त गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । डब्लूएचओले अक्सफोर्ड एष्ट्राजेनेकाले उत्पादन गरेको खोप घानामा उपलब्ध गराएको हो । 

 कोभ्याक्स सुविधामार्फत डब्लूएचओले यस वर्षको अन्त्यसम्म विश्वभर दुई अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ । कोभ्याक्स सुविधा मार्फत कम तथा मध्यम आय भएका ९२ राष्ट्रमा खोप उपलब्ध गराउने योजना डब्लूएचओको छ । 


प्रतिक्रिया