अमेरिकाले जोनसन एण्ड जोनसनको खोपलाई पनि अनुमति दिने

फाल्गुन १३, २०७७ | काठमाडौं

जोनसन एण्ड जोनसनले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपलाई अमेरिकाले आकस्मिक प्रयोगको अनुमति दिने तयारी गरेको छ । 

अमेरिकी खोप नियामक निकायले सो खोप सुरक्षित तथा प्रभावकारी रहेको ठहर गरेपछि अमेरिकामा मान्यता पाउने जोनसन तेश्रो अमेरिकी खोप बन्ने निश्चित भएको छ । 

अमेरिकामा बनेका फाइजर र मोर्डेर्ना पछि मान्यता पाउने भएको जोनसन एण्ड जोनसनको खोप सस्तो समेत रहेको बीबीसीले उल्लेख गरेको छ । सो खोपको भण्डारण सामान्य फ्रिजमा गर्न सकिने छ । सो खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो ।

यसैबीच, फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको एक अध्ययन सार्वजनिक भएको छ । पहिलो डोजबाट ५७ र दुई डोज लगाइसकेपछि ९५ प्रतिशत कोभिड १९ बाट सुरक्षित हुने अध्ययनले देखाएको हो । १२ लाख मानिसमा गरिएको परीक्षण अनुसार सो नतिजा आएको न्यु इंग्याल्याण्ड जर्नलले उल्लेख गरेको छ । कोरोना भाइरसको चपेटामा परेका मुलुकहरुका लागी फाइजरको सफलता एक कोशेढुङ्गा साबित हुने अपेक्षा गरीएको छ । 


प्रतिक्रिया