न्युजिल्याण्डमा पुन: लकडाउन

फाल्गुन १५, २०७७ | काठमाडौं

कोरोना भाइरसको संक्रमण पुन देखिएको भन्दै न्युजिल्याण्डको ठुलो शहर अकल्याण्डमा भोली देखी ७ दिनसम्म लकडाउन गरिने भएको छ । प्रधानमन्त्री जसिन्दा आर्डेनले स्थानीय स्तरमा संक्रमण देखिएको तथा संक्रमण फैलिएको स्थान पुष्टी नभएकाले लकडाउन गर्नु परेको बताउनुभएको द गार्जियनले बताएको छ । एकै परिवारका तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस संक्रमण पुष्टी भएपछि अकल्याण्डमा तीन दिनका लागि लकडाउन गरिएको थियो ।

 गत मंगलबार पुष्टी भएका एक जना संक्रमित सार्वजनिक स्थलमा धेरै घुमेको पाइएको त्यहाँको स्वास्थ्य अधिकारीले बताएका छन् । संक्रमण फैलिएको आधिकारिक स्थान पत्ता नलागेकाले पुरा शहरमा लकडाउन गर्न बाध्य भएको प्रधानमन्त्री आर्डेनको भनाई छ । २० लाख जनासंख्या रहेको न्युजिल्याण्डको अकल्याण्डमा हाल १२ जना संक्रमित छन् । 

लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक घरबाट निस्कन प्रतिवन्ध लगाइएको छ । सार्वजनिक स्थल बन्द रहने साथै सिमितको संख्यामा भेला हुन पर्ने लगायतका नियम सार्वजनिक गरिएको छ । कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्ने मुलुकका रुपमा न्युजिल्याण्डलाई लिइन्छ । त्यहाँ करिव २ हजार जनामा संक्रमण देखिएको थियो । 


प्रतिक्रिया