भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि

चैत्र २५, २०७७ | काठमाडौं

भारतमा कोरोना संक्रमितको संख्या हवा्तै बढेको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघेको छ । 

 १ लाख ६६ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ । भारतमा ८ ४३ हजार ४ सय ७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ८ करोड ७० लाख बढीले कोरोनाविरुद्वको खोप लगाएका छन् । संक्रमण दर उच्च देखिएको दिल्ली महाराष्ट्र लगायतमा सरकारले रात्रीकालिन कफ्र्यूसहित विभिन्न प्रतिबन्ध लगाएको छ ।  


प्रतिक्रिया