अमेरिका र यूरोपले कच्चापद्धार्थ नदिएको सेरम इन्टिच्युटको आरोप

चैत्र २६, २०७७ | काठमाडौं

विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी मध्येको एक भारतको पुणेस्थित सेरम इन्टिच्युट अफ इन्डियाले अमेरिका र यूरोपियन राष्ट्रले खोप निर्माणका लागि अत्यावश्यक कच्चापद्धार्थ नदिएको आरोप लगाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ आदर पूनावालाले पछिल्लो समय अमेरिका र यूरोपले कच्चापद्धार्थ नदिँदा कम्पनीले लागि ठूलो कठिनाई व्यहोर्नुपरेको बताउनुभएको हो ।

 तत्कालका लागि कम्पनी भारतको आन्तरिक मागलाई पूरा गर्नका लागि निर्देशित भएको बताउँदे पुनावालाले यही अवस्थामा विश्वका अन्य देशलाई खोप निर्यात गर्नुपरे कच्चापद्धार्थ अभावले ठूलो समस्या सिर्जना हुने संकेत गर्नुभएको भारतीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

 भारतमा संक्रमण उच्च बनेका राज्यले पनि पछिल्लो समय आवश्यकता अनुसारको खोप आपूर्ति नभएको गुनासो गर्दै आएका छन् । यद्यपी अमेरिका र यूरोपबाट आयात गर्नुपर्ने विशेष किसिमको कच्चा पद्धार्थ दिन अमेरिका र यूरोपले रोक लगाउँदा माग अनुसारको खोप उपलब्ध गराउन नसकेको पुनावालाले बताउनुभएको छ ।


प्रतिक्रिया