बेलायतका लागि म्यानमारका राजदूतलाई सैन्य सरकारको रोक

चैत्र २६, २०७७ | काठमाडौं

बेलायतका लागि म्यानमारका राजदूत क्यए ज्वा मिनले सैन्य सरकारले आफूलाई कार्यालय प्रवेशका रोक लगाएको बताउनुभएको छ । राजदूत मिनले सैनिक सत्ताका प्रतिनिधिले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको बताउनुभएको हो । 

राजदूत मिनले म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले अन्य कर्मचारीहरुलाई पनि दूतावास छोड्न दबाब दिएको बताउनुभएको छ । बेलायतले सैन्य सरकारको पछिल्लो व्यवहारप्रति आपत्ति जनाएको छ ।

यसैबीच सार्वजनिक रुपमै खुलेर सैन्य सरकारको विरोध गरेका म्यानमारका चर्चित मोडेल तथा कलाकार पालिंग ट्याकनलाई सेनाले नियन्त्रणमा लिएको छ । सैन्य कू बिरुद्ध गत फेब्रुअरी १ यता जारी प्रदर्शनमा म्यानमारमा झण्डै ५० बालबालिकासहित करीब ६ सय ले ज्यान गुमाई सकेका छन् । 


प्रतिक्रिया