भारतमा पछिल्लो दुई दिनमा १० आतंकवादी मारिए

चैत्र २९, २०७७ | काठमाडौं

भारतले पछिल्लो दुई दिनमा १० जना आतंकवादी मारिएका दाबी गरेको छ । घटनामा आफ्ना ५ जवान पनि घाइते भएका भारतीय सेनाले जनाएको छ । भारतीय सेनाका अनुसार दक्षिणीका कस्मिरको ३ जिल्ला शोपियाँ पुलवामा र अनन्तनागमा भएको कारबाहीका क्रममा ती आतंकवादीको मारिएका हुन् । 

अस्ती शुक्रबार भएको मुठभेडका क्रममा शोपियाँको चौगाम इलाकामा पाँच जना र पुलवामाको नाइबुग इलाकामा दुई चरमपन्थी मारिएका थिए । सोही घटनामा ५ भारतीय जवान पनि घाइते भएका थिए । यस्तै, शोपियाँको हाडीपोरामा समेत हिजो सेना र आतंकवादीबीच गोली हानाहान भएको र सो घटनामा ३ चरमपन्थीको ज्यान गएको सेनाले जनाएको छ । 

 शोपियाँको चौगाममा मारिएका आतंकवादी हिज्बुल र लक्सरे–तैयबसँग सम्बन्धित रहेको सैन्य प्रवक्ता एमरान मोस्वीकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


प्रतिक्रिया