बेलायतमा लकडाउन खुकुलो बनाइँदै

चैत्र २९, २०७७ | काठमाडौं

बेलायतमा गत डिसेम्बर पहिलो सातादेखि जारी लकडाउन भोलिबाट खुकुलो बनाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले सोमबारबाट दुई किसिमको रोडम्याप बनाएर होटल, रेष्टुरेन्ट, पब र बारहरुसहित जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने बताउनुभएको हो । 

यस्तै १७ मे बाट बेलायत प्रवेशका लागि खुकुलो बनाइने बताइएको छ । यद्यपी यूरोपेली यूनियनबाट आउनेहरुका सम्बन्धमा भने कुनै घोषणा गरिएको छैन । बेलायतमा कोरोना महामारीको दोस्रो वेभ सुरु हुनुका साथै पछिल्लो समयमा देखा परेको नयाँ स्वरुपको संक्रमण फैलिएपछि सरकारले लकडाउन घोषणा गरेको थियो ।  


प्रतिक्रिया