इरानको आणविक ऊर्जा उत्पादन नेटवर्कमा साइबर आक्रमण

चैत्र ३०, २०७७ | काठमाडौं

इरानको आणविक ऊर्जा उत्पादन केन्द्रको नेटवर्कमा साइबर आक्रमण भएको छ । आक्रमणका कारण दक्षिणी तेहरानमा रहेको नातान्ज कम्प्लेक्सको ऊर्जा प्रणाली बन्द गरिएको थियो । 

इरानको आणविक ऊर्जा संगठनका प्रवक्ता बेहरुज कमालबन्दीले उर्जा केन्द्रमा आणविक आतंकवादी साइबर हमला भएको बताउनुभएको छ । इरानमा भएको इजरेली साइबर आक्रमण भएको इजरेलका सञ्चारमाध्यमले दाबी गरेका छन् । 

यद्यपि इजरेल सरकारले कुनै टिप्पणी नगरेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो केही दिनमा इरानले आफ्नो आणविक ऊर्जा कार्यक्रमको क्षमता बढाउँदै अधिकतम उत्पादन गरिरहेको छ । सन् २०१५ मा आणविक उर्जा उत्पादन सीमित गर्ने सम्बन्धी वार्ता भैरहेका बेला यस्तो घटना भएको हो ।  


प्रतिक्रिया