माल्दिभ्सका पूर्व राष्ट्रपति नासिद बम विष्फोटमा परी घाइते

वैशाख २४, २०७८ | काठमाडौं

माल्दिभ्सको मालेमा बम बिस्फोट हुँदा पूर्व राष्ट्रपति मोहम्मद नासिद घाइते हुनुभएको छ । आफ्नै घर वाहिर कारमा चढ्न लाग्दा बिस्फोट भएको थियो ।

 कार नजिकै पार्क गरि राखिएको मोटरसाईकलमा बिस्फोटक पदार्थ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

नासिद लोकतान्त्रिक विधिबाट निर्वाचित मालदिभ्सको पहिलो राष्ट्रपति हुनुहुन्छ । सन् २००८ मा बहुदलीय निर्वाचनमा जित हासिल गर्दै सत्तामा पुगेका नासिद चार वर्ष पछि कू को शिकार हुँदै अपदस्थ हुनुभएको थियो । 

५३ बर्षीय नासिद हाल माल्दिभ्स संसदको सभामुख हुनुहुन्छ । नासिदको स्वास्थ्य हाल स्थिर रहेको अस्पताललाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया