भारतमा करिब ३ सय टन स्वास्थ्य सामाग्री विमानस्थलमै थन्किए

वैशाख २४, २०७८ | काठमाडौं

कोरोनाको हटस्पट भारतमा विश्वभरबाट प्राप्त करिब ३ सय टन स्वास्थ्य सामाग्री विमानस्थलमै थन्किएको छ । कमजोर वितरण प्रणालीका कारण बेलायत, अमेरिका लगायत मुलुकबाट प्राप्त भेन्टिलेटर, औषधी र अक्सिजन लगायत स्वास्थ्य सामाग्रीहरु विमानस्थलमै थन्किएको हो ।

आइतबारसम्म विभिन्न २५ उडानबाट करिब ३ सय टन सामाग्री दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । अस्पतालहरुले श्रोत साधनको अभाव भएको भन्दै सहयोगका लागि आह्वान गरिरहदा कयौँ दिनदेखि स्वास्थ्य सामाग्रीसहितको कार्गो विमानस्थलको ह्यांगरमै रहेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले विदेशबाट प्राप्त भएका उपकरण वितरण प्रक्रिया सुरु भएको दाबी गरेपनि अझै पनि हवाई अड्डामै सामाग्री अड्कीरहेको बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकाको विदेश मन्त्रालयले भारतमा पठाइएको स्वास्थ्य सामाग्रीको प्रयोगबारे जवाफ दिनुपर्ने बताएको छ । अमेरिकी जनताको करबाट पठाइएको सामाग्री प्रति भारत सरकार जवाफदेही हुनुपर्ने उसले जनाएको छ ।     


प्रतिक्रिया