कोभिड–१९ विरुद्धको खोप सिनोफार्म आपतकालिन प्रयोगको लागि डब्लूएचओको अनुमति

वैशाख २५, २०७८ | काठमाडौं

चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप सिनोफार्मलाई विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ ।

 पश्चिमा मुलुक बाहेक कोभिड–१९ विरुद्धको खोप प्रयोगमा चीनले पहिलो पटक अनुमति पाएको हो । डब्लूएचओको अनुमति अघि पनि चीन र अन्य केही मुलुकमा लाखौंले यस अघिनै सिनोफार्मले उत्पादन गरेको खोप लगाईसकेका छन् । डब्लूएचओले यसअघि फाइजर, अष्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डेनाको खोपलाई प्रयोग अनुमति दिएको थियो । 

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका विशेष गरी गरीब मुलुकहरुले चीनको सिनोफार्म खोपको प्रयोग गरेका छन् । चिनियाँ खोप प्रभावकारी नभएको केही अध्ययन सार्वजनिक भएपनि डब्लूएचओले सिनोफार्म सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको जनाएको छ । सिनोफार्मलाई प्रयोगको अनुमति दिएपछि विश्वकै खोप कार्यक्रम तीव्र गतिमा अघि बढ्ने डब्लूएचओको भनाई छ । सो खोप १८ वर्ष माथिकालाई दुई पटक दिनुपर्नेछ ।


प्रतिक्रिया