भारतमा पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु

वैशाख २५, २०७८ | काठमाडौं

भारतमा पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मंगलबार कोरोनाले ३ हजार ९ सय ९० को मृत्यु भएको थियो ।

 त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म २ करोड १८ लाख ९२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १८ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २३ हजारभन्दा बढी छ । 


प्रतिक्रिया