दिल्लीमा थप एक साता लकडाउन

वैशाख २६, २०७८ | काठमाडौं

भारतको राजधानी दिल्लीमा थप एक साता लकडाउन बढाइएको छ । मुख्यमन्त्री अरविनन्द केजरीवालले लकडाउनभन्दा पहिले कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको भन्दै लकडाउन नै संक्रमण नियन्त्रणको उत्तम विकल्प रहेको बताउनुभएको छ । यद्यपी लकडाउन बाध्यात्मक निर्णय भएको उहाँको भनाई छ ।

 यस्तै दिल्लीमा भोलिबाट मेट्रो रेल समेत बन्द गरिने भएको छ । पछिल्लो लकडाउन आगामी १७ मे सम्म लागू हुने बीबीसीले उल्लेख गरेको छ । यसअघि गत अप्रिल १९ सुरु लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो । 


प्रतिक्रिया