चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा

वैशाख २६, २०७८ | काठमाडौं

अन्तरिक्षबाट अनियन्त्रित हुँदै पृथ्वीतर्फ आइरहेको चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको छ । चीनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङको स्थानीय समयानुसार आज १० बजेर २४ मिनेटमा सो रकेट वायुमण्डलमा पुन: प्रवेश गरेको थियो । 

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा पृथ्वीतर्फ आइरहेको सो लङ मार्च–फाइभ बी रकेटको अनुगमन गरिरहेका थिए । अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले चिनिया लङ मार्च–फाइभ बी अरेबियन प्राय:द्वीपमाथि पुन: प्रवेश गरेको पुष्टि गरेको थियो । 

 यसअघि नै चीनले सो रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको र जुनसुकै बेला जुनसुकै स्थानमा खस्न सक्ने बताएको थियो । चीनको सो सूचनापश्चात रकेट मानव बस्तीमा खस्न सक्ने सम्भावनालाई लिएर ठूलो चिन्ता उब्जाएको थियो ।  


प्रतिक्रिया