तुर्केमिनिस्तानको आस्गाबात शहर विश्वकै महङ्गो

असार ९, २०७८ | काठमाडौं

मध्य एसियाली मुलुक तुर्केमिनिस्तानको आस्गाबात विश्वको सबैभन्दा महंगो शहर पाइएको छ । विदेशीका लागी बसोबास गर्न आस्गाबात शहर निकै महंगो पाइएको मर्सेर नामक फर्मले गरेको अनुसन्धानले देखाएको छ ।

 सो शहरमा दश लाख मानिसको बसोबास रहेको छ । आस्गाबातमा आर्थिक वृद्धि भन्दा पनि जारी मुद्रा स्फिती र खाद्यान्न अभावका कारण बसोबास महंगो हुन पुगेको हो ।

गत बर्षको महंगो शहर हङ्गकङ्ग अहिले दोश्रो स्थानमा छ । लेबनानको बेरुत तेश्रो र जापानको टोक्यो शहर चौथो स्थानमा रहेको बीबीसीले उल्लेख गरेको छ । 

२ सय ९ शहरमा गरिएको अनुसन्धानमा घर, यातायात र खाना खर्चका आधारमा वर्गीकरण गरिएको हो । शीर्ष १० मा पर्ने अधिकांश शहर आर्थिक वृद्धिको चरम स्थानमा रहेका कारण बसोबास महंगो हुन गएको हो । 


प्रतिक्रिया