अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता

भाद्र १५, २०७८ | एजेन्सी


अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना पूर्ण रुपमा फिर्ता लगेको छ । योसँगै अफ्गानिस्तानमा २० वर्ष देखी जारी युद्ध अन्त्य भएको अमेरिकाले घोषणा गरेको छ । तालिवानले अफ्गानिस्तानको राजधानी काबुल कब्जा लिनुअघि ६ हजार अमेरिकी नागरिक सहित ७९ हजार जनाको उद्धार गरेको समेत अमेरिकाले दावी गरेको छ ।

अमेरिकी सेनाको केन्द्रिय कमाण्डरले त्यहाँको रक्षा मन्त्रालय पेन्टागनमा आयोजित प्रेस ब्रिफिङका क्रममा सन् सन् २००१को सेप्टेम्बर ११ देखी जारी युद्ध पूर्ण रुपमा बन्द भएको बताएका छन् । अमेरिकी सेनाको स्वदेश फिर्तीको क्रम चलेसँगै अफ्गानिस्तानमा तालिवान सेनाले कब्जा जमाउँदै लगेको थियो । अगस्ट १५मा तालिवानले काबुल कब्जामा लिएसँगै राष्ट्रपति असरफ घानीले मुलुक छाड्नुभएको थियो । 


प्रतिक्रिया